काठमाडौं । महानायक राजेश हमाल सोमबार दुबई गएका छन् । उनी ड्रिम हाई नेपालले आयोजना गर्ने ‘नेपाल इभ टुरिजम टुर’ कार्यक्रममा सहभागी हुन पत्नी मधुसहित आज दुबई गएका छन् ।
दुबई जानुअघि हमालले नयाँ फिल्म ओके गरेर गएका छन् । उनी फिल्म ‘मायाको माया’मा अनुबन्धित भएका हुन् । यस फिल्ममा हमालले हिप्नोथेरापिस्टिक चिकित्सकको भूमिका निभाउने बताइएको छ ।
फिल्म पारिवारिक कथावस्तुमा बन्नेछ । भदौ ९ गतेदेखि छायांकन सुरु गर्ने तयारी गरिएको यस फिल्ममा राजेश बाहेक अनुपविक्रम शाही र आना शर्माको पनि अभिनय रहनेछ । फिल्म भने रोहितकरण वैद्यले निर्देशन गर्नेछन् ।