राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेपछि उपेन्द्र यादव आक्रोशित – नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र-Sutra News

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेपछि उपेन्द्र यादव आक्रोशित – नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र

सोमबार, ३० साउन २०७९

सोमबार, ३० साउन २०७९

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ प्रमाणीकरण नगरी फिर्ता गरेपछि रुष्ट बनेका छन् ।



उनले राष्ट्रपतिबाट नेपाल नागरिकता संशोधन विधेयक, २०७९ फिर्ता हुँदा नागरिकता अभावमा वर्षौंदेखि अनागरिकको जीवन बिताइरहेकाहरुलाई थप पीडा दिने काम भएको बताए ।

राष्ट्रपतिको यो कदम नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र भएको उनको भनाई छ । विधेयक फिर्ता गरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको भन्दै उनले यो कदम सही नभएको बताए ।

सङ्घीय संसदको दुबै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नेपाल नागरिकता संशोधन विधेयक, २०७९ राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम विधेयकमा पुनर्विचार गर्न आवश्यक देखिएको उल्लेख गर्दै आइतबार प्रतिनिधिसभामा नै फिर्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट