काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले युग सुहाउदो नेपालको आफ्नै मोडलमा मुलुकलाई बिकासको बाटो तर्फ अघि बढाउनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एनइए अवार्ड २०७९ बितरण कार्यक्रममा प्रचण्डले सो कुरा गरेका हुन् । उनले राजनीतिक परितर्वनसंगैं समृद्ध नेपाल निर्माणका लागि सवै प्रतिवद्ध हुने बेला आएको बताए ।
उनले देशमा नयाँ राजनीतिक वातावरण अघि बढेको र यो सवैको निम्ती चासो र चिन्ताको बिषय भएको जिकिर गरे । अहिले राजनीतिक स्थायीत्व , राष्ट्रिय एकताका साथ मुलुक समृद्धको बाटोमा अघि बढोस भन्ने सवैको चाहना रहेको उनको भनाई छ ।
प्रचण्डले वर्तमानमा प्रकृति र इतिहासका गौरवहरुलाई सदुपयोग गरेर २१ औं शताव्दीमा एकतासाथ साथ बिकासको गति लिन सक्नुपर्ने उल्लेख गरे।