माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने सहमतिपछि निर्वाचन कार्यालय पुगे वामदेव-Sutra News

माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने सहमतिपछि निर्वाचन कार्यालय पुगे वामदेव

मंगलबार, ३१ साउन २०७९

मंगलबार, ३१ साउन २०७९

काठमाडाैं – माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गाैतम निर्वाचन आयाेगकाे कार्यालय पुगेका छन् ।



मंगलबार दिउँसाे आयाेगकाे कार्यालय पुगेका उनले माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेकाे र यसैकाे प्रक्रिया बारे बिषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गाैतमले आगामी निर्वाचनमा माओवादी केन्द्रकाे चुनाव चिन्ह हसिया हताैडा लिएर उठ्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट