थुमामाह विमानस्थलमा विमान दुर्घटना, पाइलटको मृत्यु-Sutra News

थुमामाह विमानस्थलमा विमान दुर्घटना, पाइलटको मृत्यु

मंगलबार, ३१ साउन २०७९

मंगलबार, ३१ साउन २०७९

रियाद – मङ्गलबार साउदीको राजधानी रियादको थुमामाह विमानस्थलमा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ । विमानस्थलबाट उडान भरेको केही समयपछि मङ्गलबार बिहान हलुका विमान दुर्घटनाग्रस्त भएको एभिएसन इन्भेस्टिगेशन ब्युरोले ट्वीट गरेको छ ।



साउदी विमानमा तालिमरत एकजना चालक मात्र सवार थिए।विमानको भग्नावशेष विमानस्थलबाट ५ किलोमिटर टाढा फेला परेको थियो । दुर्घटनाको कारण बारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट