काठमाडौं – खरबुजा अधिकांसको रोजाइमा पर्ने फल हो । ९५ प्रतिशत पानी पाइने हुनाले पनि खरबुजा स्वास्थ्यको लागि पनि फाइदाजनक छ । गर्मी मौसममा बजारमा खरबुजा सजिलै पाइन्छ । नेपाली बजारमा एउटा खरबुजाको मूल्य ७०, ८० देखि २ सय रुपैयासम्म पर्ने गर्छ । तर जापानमा पाइने खरबुजाको मूल्य र यसको बारे जानेमा जोकोही अचम्म पर्छ ।
जापानको सुदूर उत्तरमा रहेको प्रिफेक्चरमा एउटै खरबुजा १५ लाख येनमा विक्री भएको छ । त्यहाँ युबारी जातका एउटै खरबुजाको मूल्य महँंगो पर्ने गर्छ । यस वर्षको पहिलो लिलामी दुई ओटा ३० लाख येनमा विक्री भएको बताइएको छ ।
खरबुजाका लागि दिइएको यो मूल्य गत वर्षको विजयी बोलकबोलको भन्दा १० प्रतिशत धेरै रहेको बताइन्छ । सन् २०१९ मा युबारी जातिको दुई ओटा खरबुजा ५० लाख येनमा बिक्रि भएको थियो ।