काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूजा गर्ने दिन आउने दाबी गरेका छन् ।
मंगलबार रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा आयोजित एक कार्यक्रममा नेता पुनले सो दाबी गर्दै तारिफ गरेका हुन् । उनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायक प्रचण्डको टोलटोलमा शालिक बनाएर पूजा गर्ने समय आउने बताए ।
प्रचण्डकै नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी लगायतमा भएको थिचोमिचो पनि अन्त्य भएको पनि बताए । यसअघि ०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेकोमा पछि माओवादीको एजेण्डाकै कारण अहिले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको पनि बताए ।