शाइन रेसुंगा डेभलपमेन्ट बैंकको झन्डै ४० हजार कित्ता सेयर बिक्रीमा-Sutra News

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको झन्डै ४० हजार कित्ता सेयर बिक्रीमा

बुधबार, १ भाद्र २०७९

बुधबार, १ भाद्र २०७९

काठमाडौं, १ भदौ-शाइन रेसुंगा डेभलपमेन्ट बैंकको झन्डै ४० हजार कित्ता सेयर आजबाट बिक्रीमा आएको छ । बैंकको संस्थापक समूहको ३९ हजार ९९१ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आएको हो ।



यो सेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । बिक्रीमा आएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ ८ गते तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट