जनताको मन नजितेसम्म जनप्रतिनिधि हुन सकिदैन – मन्त्री कार्की-Sutra News

जनताको मन नजितेसम्म जनप्रतिनिधि हुन सकिदैन – मन्त्री कार्की

बुधबार, १ भाद्र २०७९

बुधबार, १ भाद्र २०७९

काठमाडौं – सुचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको मन नजितेसम्म जनप्रतिनिधि हुन नसकिने बताएका छन् । प्रदेश–१ का स्थानीय निकायबाट निर्वाचित जनप्रतिनिधिहरुद्वारा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा गरेका हुन् ।



उनले स्थानीय सरकार जनताको नजिकको सरकार रहेको बताउँदै जनप्रतिनिधिलाई जनभावना अनुसार काम गर्न निर्देशन समेत दिए । उनले विकास निर्माण, सेवा प्रवाह र जनताको गुनासो र सम्बोधनलाई मुख्य केन्द्रबिन्दुमा राख्नुपर्ने जिकिर गरे ।

उनले निर्वाचन नजिकिँदै गरेको स्मरण गराउँदै ५ दलीय गठबन्धन साथमै रहने प्रष्ट पारे । उनले मुलुकको स्थिरता, विकास र विकासोन्मुखबाट विकाशशील बनाउनका निमित्त आउने निर्वाचनमा बहुमत ल्याउनुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट