काठमाडौं – निर्माता तथा निर्देशक सन्तोष सेनको चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि प्रदर्शनमा आउने भएको छ । भारतमा पनि प्रदर्शनको तयारीमा रहेको यस फिल्म चीनमा पनि चीनियाँ भाषामा प्रदर्शनमा आउने भएपछि चर्चा अझ बढी चुलिएको छ ।
बुधबार मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच कुराकानी भएको निर्देशक सेनले बताएका छन् ।
उनका अनुसार यूएफओले चीनियाँ हलहरुमा फिल्म प्रदर्शनमा ल्याउने भएको छ । यो फिल्म नेपाल र भारतमा असोज ७ गते प्रदर्शनमा आउँदैछ । फिल्ममा प्रदिप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका अन्य थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।