काठमाडौं – पुरुष र महिलाले विवाह गर्नु कुनै नौलो कुरा होइन । तर आजभोलि आफैसँग विवाह गरेको कुरा पनि सुन्न थालिएको छ । हालै यस्तै विवाह भारतको कनिष्का सोनीले गरेकी छिन् ।
‘दिया और बाती हम’ फेम कनिष्का अहिले आफैसँग विवाह गरेर चर्चामा आएकी छिन् । उनले आफैसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले आफूले विवाह गरेपछिको तस्बिर पनि सामजिक सञ्जालमा शेयर गरेकी छिन् ।
तस्बिरमा उनले बेहुलीमा सजिदै सिन्दुर र मंगलसूत्र पनि लगाएको देखिएको छ । तस्बिरसँगै उनले लेखेकी छिन् मैले बिहे गरेकी छु । किनकी म मेरो सपना आफै पुरा गर्छु । मैले माया गरेको मान्छे, त्यो मान्छे म आफै हुँ।
उनले थपिन् मलाई कहिल्यै पुरुषको आवश्यकता परेन उनले भनिन् म सधैं एक्लै खुसी छु र मेरो गिटारसँग शान्तिपूर्ण जीवन बिताउँछु। उनी वर्षौंदेखि टिभी उद्योगमा काम गर्दे आइरहेकी छिन् । केही समयअघि गुजरातकी क्षमा बिन्दुले पनि आफैसँग विवाह गरेकी थिइन् ।