आज पनि बञ्चरेडाँडामा झडप, फोहोरको गाडी सुरक्षाका लागि २५० बढी प्रहरी परिचालन-Sutra News

आज पनि बञ्चरेडाँडामा झडप, फोहोरको गाडी सुरक्षाका लागि २५० बढी प्रहरी परिचालन

बुधबार, १ भाद्र २०७९

बुधबार, १ भाद्र २०७९

काठमाडौं – बञ्चरेडाँडामा आज पनि झडप भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीको सुरक्षामा फोहोरको गाडी लैजान खोजेपछि स्थानीयले अवरोध गरेका थिए । स्थानीयले गाडी लैजान रोकेपछि प्रहरीसँग झडप परेको हो ।



सोही क्रममा फोहोर फाल्न अवरोध पुर्‍याउने एक जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । धुनीवेशी, ढाडेका दिपेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । फोहोरको गाडीको लागि सुरक्षाका लागि सोही क्षेत्रमा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

यसअघि मंगलबार पनि यसै बिषयमा बञ्चरेडाँडामा प्रहरी र स्थानीयबीच झडप भएको थियो । त्यसअघि आइतबार पनि तारेकश्वर नगरपालिका ३, आठमाइलको खोलाको मुहानमा फोहोर फालेको र दिउँसो गाडीले बाख्रा मारेको भन्दै गाडी रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट