हिमानी शाह अस्पताल भर्ना-Sutra News

हिमानी शाह अस्पताल भर्ना

बिहिबार, २ भाद्र २०७९

बिहिबार, २ भाद्र २०७९

काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।



गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनी दुईदिनअघि नेपाल फर्किएकी हुन् । उनलाई अस्ट्रेलिया हुँदादेखि नै घाँटी दुख्ने समस्या भएको थियो । उनलाई ज्वरो पनि आएपछि अस्पतालमा भर्ना गरिएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले स्वास्थ्य अवस्था बिग्रिएर थप सुधार नभएपछि उलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट