काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित निर्देशक तथा डान्स कोरियोग्राफर रेनशा राई आमा बनेकी छिन् । शुक्रबार रेनशाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।
काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएकी रेनशाले शुक्रबार बिहान एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । जुम्ल्याहा बच्चाको बुबा बन्न पाउँदा उनका पति तथा निर्माता प्रज्वल राणाले खुशी व्यक्त गरेका छन् । पहिलो सन्तानको रुपमा जुम्ल्याहा पाउँदा धेरै नै खुशी लागेको उनले बताए ।
लामो समयको प्रेम सम्बन्धपछि रेनशाले प्रज्वलसँग विवाह गरेकी थिइन् । उनीहरुको विवाह तीन वर्षअघि भएको थियो । रेनशा डान्सिङ स्टार्स नेपालको निर्णायकको रुपमा रहदा गर्भवतीको अवस्थामा थिइन् ।