फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन यतिबेला विवादमा तानिएकी छन् ।
संजालमा भाइरल भिडियोमा उनी नशाले लट्ठ भएको क्लिप देख्न सकिन्छ । केही समूहहरुले उनले लागुपदार्थ सेवन गरेका कारण उनी लठ्ठीएको बताएका छन् ।
उनी विश्वमा सबैभन्दा सानो उमेरमा प्रधानमन्त्री बनेकी नारी हुन् । तर उनले त्यसो नभएको बताएकी छन् ।
उनले आफ्ना साथीहरूसँग रमाइलो गर्दा मदिरा पिएको र त्यसलाई विरोधीहरूले अर्कै आरोप लगाएको उनको तर्क रहेको छ ।