जापानी प्रधानमन्त्रीलाई कोरोनाले समात्यो-Sutra News

जापानी प्रधानमन्त्रीलाई कोरोनाले समात्यो

सोमबार, ६ भाद्र २०७९

सोमबार, ६ भाद्र २०७९

जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड १९ संक्रमण भएको छ । प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो ।



खोकी र ज्वरो महसुस गरेपछि उनले आईतबार बिहान पीसीआर परीक्षण गरेका थिए । जापानले कोरोनाभाइरस संक्रमणमा रेकर्ड दरमा वृद्धि भएको छ । कोभिडले विश्वको तेस्रो–ठूलो अर्थतन्त्र भएको देश जापानलाई चौपट प्रभावित छ ।
जापानमा दैनिक २ लाखभन्दा बढीलाई कोभिड संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट