काठमाडौं – अभिनेत्री ऋचा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् । उनले फिल्म ब्लड मनी बाट उक्त अवार्ड पाएकी हुन् ।
उनलाई टाइटन इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त भएको हो । उनले जितेको अवार्ड डिसेम्बर १७ मा सिड्नीमा वितरण हुने जनाइएको छ । अवार्ड समारोहमा उपस्थितिका लागि अभिनेत्री शर्मालाई निमन्त्रणा पनि आइसकेको छ ।
अभिनेत्री शर्माले फिल्ममा साउदी अरबमा अपराध कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्को श्रीमतीको भूमिका निभाएकी थिइन् । यही भूमिकाका कारण उनले यस अवार्ड पाएकी हुन् ।
।