जर्मनीका चान्सलरलाई किन घेरे टपलेस युवतीले ? अगाडि पर्ने बित्तिकै कपडा खोलेपछि …-Sutra News

जर्मनीका चान्सलरलाई किन घेरे टपलेस युवतीले ? अगाडि पर्ने बित्तिकै कपडा खोलेपछि …

सोमबार, ६ भाद्र २०७९

सोमबार, ६ भाद्र २०७९

एजेन्सी – जर्मनीका चान्सलर ओलाफ सोल्ज एउटा सार्वजनिक कार्यक्रममा ग्यास आयातमा प्रतिबन्ध लगाउन आह्वान गर्दै दुई टपलेस महिला प्रदर्शनकारीले घेरेका छन् ।
रिपोर्ट अनुसार सोज्ल वर्लिनको चान्सेलरीमा संघीय सरकारको खुला दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा टपलेस युवतीले घेरेका हुन् ।



घेरा हाल्नुअघि दुबै युवतीले पूर्ण रूपमा लुगा लगाएका थिए । तर, चान्सलरले सञ्चारकर्मीलाई सम्बोधन गर्न थालेपछि दुबै युवतीले टपलेस बनेर आफ्नो शरीरमा लेखेको ‘अहिले ग्यास प्रतिबन्ध’ लगाउ लेखेको सन्देश प्रदर्शन गरेका थिए ।

स्थानीय सञ्चार माध्यमको रिपोर्टअनुसार युवतीको हर्कतपछि सुरक्षाकर्मीले तत्काल दौडिएर ती महिलालाई हटाएका थिए । सार्वजनिक कार्यक्रममा सोल्जलाई लक्षित गरेर विरोध प्रदर्शन गरिएको यो पहिलो घटना होइन् ।

गत साता पूर्वी जर्मनीस्थित सहर न्युरोपिनको भ्रमणका क्रममा सोल्जलाई प्रदर्शनकारीले खिल्ली उडाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट