अभिनेत्री तथा भाजपा नेतृ सोनालीको निधन-Sutra News

अभिनेत्री तथा भाजपा नेतृ सोनालीको निधन

मंगलबार, ७ भाद्र २०७९

मंगलबार, ७ भाद्र २०७९

काठमाडौं – भारतकी चर्चित अभिनेत्री सोनाली फोगाटको निधन भएको छ । भारतीय जनता पार्टीकी नेतृ समेत रहेकी सोनालीको सोमबार राती हृदयघातका कारण निधन भएको हो ।



केही स्टाफका साथ गोवा गएकी उनको त्यहाँ नै मृत्यु भएको भारतिय मिडियामा जनाइएको छ । चर्चित रियालिटी शो बिग बोस १४ मा पनि सहभागी भएकी उनी एक नेतृ पनि हुन् । हरियाणाको पछिल्लो विधानसभा चुनावमा भाजपाले उनलाई कुलदीप बिश्नोईको विरुद्धमा उम्मेदवार बनाएपनि हारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट