काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक परेको छ ।
सरकारसँगको तीन बुँदे राजनीतिक सहमति विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेको, एमसीसी, भ्रष्टाचार र महँगीको विरोधमा चार दलले गरेको बन्दको दिन चितवनको सडकमा बिहानैदेखि सवारीसाधन निकै पातोलो चलेका थिए आज बिहानीपख भने बन्दकर्ताले केही गाडिमा तोडफोड गरेका थिए । तोडफोड गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो ।