चितवन – चितवनको नारायणी पुलबाट एक युवती नदीमा हाम फालेकी छिन् । मंगलबार दिउँसो खैरहनी नगरपालिका–७ सुर्तनी बस्ने २६ वर्षकी ऋचा उप्रेती नारायणी नदीमा हाम फालेर बेपत्ता भएकी हुन् ।
युवती नदीमा हाम फालेको थाहा पाए लगत्तै उद्दारका लागि प्रहरी कार्यालय, नारायणगढबाट विपद उद्दार सामाग्रीसहितको प्रहरी टोली खोजीमा लागेको जनाइएको छ ।