इरानी सैन्य सल्लाहकार सिरियामा मारिए-Sutra News

इरानी सैन्य सल्लाहकार सिरियामा मारिए

मंगलबार, ७ भाद्र २०७९

मंगलबार, ७ भाद्र २०७९

तेहरान – सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरका एक वरिष्ठ सदस्यको मृत्यु भएको सरकारी स्वामित्वको प्रेस टिभीले मङ्गलबार जनाएको छ ।



युद्धग्रस्त देशमा सैन्य सल्लाहकारको रूपमा काम गरेका अबोलफजल अलीजानीको सोमबार बिहान मृत्यु भएको बताइएको छ। अलिजानीको शव केही दिनमा इरानमा पुर्याइने छ। घटना बारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।

इरानले सन् २०११ देखि सिरियाली सरकारको अनुरोधमा सिरियामा आफ्ना सैन्य सल्लाहकारहरूको उपस्थिति रहेको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट