मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्षका लागि जेल चलान, यस्तो छ कारण-Sutra News

मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्षका लागि जेल चलान, यस्तो छ कारण

बुधबार, ८ भाद्र २०७९

बुधबार, ८ भाद्र २०७९

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ  उच्च अदालतले उनको अपील अस्विकार गरेपछि रजकलाई जेल चलान गरिएको हो । सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलोपमेन्ट बरहाड (वानएमडीबी) दुरुपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो ।



उनलाई सन् २०२० को जुलाईमा दोषी ठहर गरिएको थियो, तर पुनरावेदनका क्रममा जमानतमा छुटेका थिए । उनीमाथिको दण्ड ढिलाई गर्न नजिबले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ । आफूले कुनै गलत कार्य नगरेको उनले निरन्तर बताउँदै आएका छन् ।

सन् २०२० मा एक अदालतले नजिबलाई विभिन्न सातवटा अभियोगमा दोषी पाएको थियो । मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन एसआरसी इन्टरन्यासनलबाट उनका व्यक्तिगत खातामा पठाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट