बालेनको अर्को एक्शन : आफै पुगेर अनधिकृत संरचनामा डोजर चलाएर भत्काउन लगाए-Sutra News

बालेनको अर्को एक्शन : आफै पुगेर अनधिकृत संरचनामा डोजर चलाएर भत्काउन लगाए

बुधबार, ८ भाद्र २०७९

बुधबार, ८ भाद्र २०७९

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अर्को काम शुरु गरेका छन् । केही दिनअघि काठमाडौंको बानेश्वरमा आफै पुगेर अन्डरग्राउण्ड पार्किङका पसलहरु हटाएका उनले आजदेखि काठमाडौँभित्रका अवैध संरचना भत्काउन सुरु गरेका हुन् ।



महानगरपालिकाले आज सुनधारास्थित काठमाडौँ मल अगाडि रहेका अवैध संरचना भत्काउन सुरु गरेको छ । महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ती संरचना डोजर प्रयोग गरी भत्काउन थालेको हो ।

संरचना भत्काउन मेयर बलेन आफै सुन्धरा पुगेका थिए । यस्तै त्यहाँ ट्राफिक प्रहरीका डिआइजी मीरा चौधरी पनि पुगेका छन् । डोजर चलाउनुअघि भित्रको सामानहरु निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट