काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।
संरचना भत्काउन मेयर बलेन आफै सुन्धरा पुगेका थिए । यस्तै त्यहाँ ट्राफिक प्रहरीका डिआइजी मीरा चौधरी पनि पुगेका छन् । डोजर चलाउनुअघि भित्रको सामानहरु निकालिएको थियो ।