विहारका सभामुखले दिए पदबाट राजीनामा-Sutra News

विहारका सभामुखले दिए पदबाट राजीनामा

बुधबार, ८ भाद्र २०७९

बुधबार, ८ भाद्र २०७९

पटना – भारतको विहार प्रदेशका सभामुख विजयकुमार सिंहले पदबाट राजीनामा दिएका छन् । भारतीय जनता पार्टीका नेता समेत रहनु भएका सिहंले प्रदेश सभामा बहुमत परिक्षण हुने भएकाले राजीनामा दिएका हुन् । उनले आफ्नो जिम्मेवारी जेडीयु गठवन्धनका नेता नरेन्द्र नारायण यादवलाई दिएका छन् ।



सत्तारुढ गठवन्धनले उनको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेकाले उनले राजीनामा दिएको पनि बताइएको छ । उनले आफू विरुद्ध संसदमा ल्याइएको अविश्वासको प्रस्ताव अवैधानिक भएको दाबी पनि गरेका छन् । संसदमा पठाइएका नौ मध्ये आठ पत्र अवैध रहेको उनको भनाई छ ।

अवैध कामका कारण जनतामा नकारात्मक सन्देश गएको र थप नराम्रो देखिन सक्ने भएकाले आफूले राजीनामा दिएको उनले बताए । भारतीय जनता पार्टीबाट विहारको प्रदेश सभामा निर्वाचित सांसदहरुले संसद भवन वाहिर विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट