बालुवा उत्खनन् सोच्नसमेत नसक्ने विषय हो- सभापति अधिकारी-Sutra News

बालुवा उत्खनन् सोच्नसमेत नसक्ने विषय हो- सभापति अधिकारी

बुधबार, ८ भाद्र २०७९

बुधबार, ८ भाद्र २०७९

काठमाडौँ । नेपाली कांग्रेस भीरकोटका सभापति लक्ष्मण अधिकारीले अवैध रूपमा बालुवा उत्खनन् गरिएको विषयमा आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन् ।



स्याङ्जाको भिरकोट नगरपालिकामा काँग्रेसले अवैध रुपमा बालुवा उत्खनन् गरेको समाचार प्रकाशित भएपछि एक विज्ञप्ति निकाल्दै नेता अधिकारीले समाचारको खण्डन गरेका हुन् ।

‘म बालुवा उत्खननमा कहिल्यै संलग्न थिइन र यो विषय मैले सोच्न समेत नसक्ने विषय हो ।’ अधिकारीले विज्ञप्तिमा भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति – 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट