युक्रेनी रेल स्टेसनमा मिसाइल हमला, १५ जनाको मृत्यु, ५० जना घाइते-Sutra News

युक्रेनी रेल स्टेसनमा मिसाइल हमला, १५ जनाको मृत्यु, ५० जना घाइते

बिहिबार, ९ भाद्र २०७९

बिहिबार, ९ भाद्र २०७९

एजेन्सी – युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् । ‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेलवे स्टेशनमा रूसी मिसाइल आक्रमणको बारेमा जानकारी प्राप्त गरेको छु ।



कम्तीमा १५ जनाको मृत्यु भएको ५० जना घाइते भएका छन्’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा एक भाषणमा भने।राष्ट्रपति जेलेन्स्कीले बुधबार आफ्नो देशले मस्कोसँगको युद्धको ६ महिना पूरा गरेको बताएका छन् । विस्फोटपछि चार ओटा यात्रु कारमा आगो लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट