काठमाडौं – बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९५ हजार ८०० मा किनबेच भइरहेको छ ।
यस्तै आज तेजाबी सुनको ९५ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य बढेर १ हजार १७५ रुपैयाँ पुगेको छ ।