नबिल बैंकले निक्षेपमा १० गुणासम्म प्रतिफल दिने योजना सार्वजनिक गरेको छ । बैंकले ‘नबिल ढुक्क मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ ।
६ वर्ष १० महिनाको मुद्दती निक्षेपमा दोब्बर हुने र २० वर्ष ११ महिनामा १० गुणा प्रतिफल दिने गरी नबिल ढुक्क मुद्दती खाता सार्वजनिक गरिएको हो ।
अहिले बैंकहरुमा निक्षेप आकर्षण गर्न विभिन्न योजनाहरु सार्वजनिक भइरहेको छ । जसअन्तर्गत नबिलले पनि मुद्दतीमा आकर्षक योजना सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
हालै नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरेपछि गत वर्षको तुलनामा चुक्ता पूँजी ६४.९२ प्रतिशतले बढेको छ । जसका कारण प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५२ पैसाले घटेर २६ रुपैयाँ ८८ पैसामा आएको छ ।