कीर्तिपुरमा पनि मापदण्ड विपरितका संरचना भत्काउन सुरु-Sutra News

कीर्तिपुरमा पनि मापदण्ड विपरितका संरचना भत्काउन सुरु

बिहिबार, ९ भाद्र २०७९

बिहिबार, ९ भाद्र २०७९
P]ltxfl;s sLlt{k'/ gu/ sLlt{k'/ a; kfs{af6 b]lvPsf] P]ltxfl;s sLlt{k'/ gu/ . tl:a/ M /Tg >]i7, /f;;

कीर्तिपुर – कीर्तिपुर नगरपालिकाले नगरभित्रका मापदण्ड विपरितका संरचना हटाउने कार्य सुरु गरेको छ । पटक पटकको लिखित तथा मौखिक आग्रह र चेतावनीपछि पनि अटेर गरेका कारण आज नगरपालिकाले त्यस्ता अवैध संरचना डोजर लगाएर भत्काएको हो । दिउँसो सुरु गरिएको सो कार्यमा नगरप्रमुख राजकुमार नकर्मी उपस्थित हुनुहुन्थ्यो ।



नगरपालिकाको वडा १० मा पर्ने उक्त संरचना स्थानीय जयबहादुर महर्जनको पर्खाल हो । नगरपालिकामा गरिएको नक्सा पास विपरीत सो संरचना बनेकाले भत्काउनुपरेको नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सुनिता शाक्यले बताउनुभयो ।

महर्जनलाई यसअघि अघिल्ला नगरप्रमुख रमेश महर्जनकै कार्यकालमा नगरपालिकाले संरचना मापदण्ड विपरीत भएको र सार्वजनिक आवागमनमै बाधा पार्ने भएकाले भत्काउन अनुरोध गरिएको जानकारी पनि उपमेयर शाक्यले दिनुभयो ।

“उहाँहरुसँग नै महर्जनले आफ्नो संरचना आफैँ भत्काएर हटाउने प्रतिबद्धता जनाउनुभएको रहेछ । तर हामी आइसकेपछि पनि अनुरोध गर्दा नहटाइएपछि भत्काउन बाध्य भयौँ”, उहाँले थप्नुभयो । नियम विपरीतका संरचना हटाउन स्थानीय जनताले पहिलेदेखि नै माग राख्दै आएको उपप्रमुख शाक्यले बताउनुभयो । यससँगै नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने कार्य छिट्टै थाल्नेसमेत उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट