अष्ट्रेलिया – अष्ट्रेलियाको राजाधानी क्यानवेरामा एन.आर.एन.ए एन.सि.सि क्यानवेरा र ए.एन.एफ.एसको संयुक्त आयोजनामा फेमिली तीज साँझ सम्पन्न भएको छ । अष्ट्रेलियाका लागि नेपाली राजादुतका परिवारको प्रमुख आथित्त्यतामा सम्पन्न कार्यक्रममा नेपालका चर्चित गायक रमेशराज भट्टराई, एलिना चौहान संगै अष्ट्रेलियामा रहेर नेपाली संगीतको क्षेत्रमा कृयासिल विक्रम शर्मा, विन्दु पौडेल लगायतले आफ्नो साङ्गितिक प्रस्तुती राखेका थिए ।
विशेषत: क्यानवेरामा रहेका नेपाली दिदिबहिनी तथा आमाहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा नेपालबाट अष्ट्रेलियामा आफ्न सन्ततिलाई भेट्न आएका बुवा-आमाहरुकालागी निशुल्क प्रवेसको ब्यवस्था गरिएको थियो । कार्यक्रममा बोल्दै एन.आर.एन.ए एन.सि.सि क्यानवेराका संयोजक असोक बस्तेतले विदेशमा रहेर पनि नेपाली संस्कृतीको जगेर्ना गर्न सकिन्छ र नेपालको झल्को मेट्न सकिन्छ भन्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको बताए । त्यस्तै नेपालीहरुको मुख्य चाडपर्वमा विदेशमा रहेका नेपाली संघसंस्थाले आयोजना गर्ने यसकिसिमका कार्यक्रमले नेपालीहरुलाई एकबद्ध बनाइराख्न सहयोग मिल्ने ए.एन.एफ.एस संयोजक आसिस देवकोटाको भनाई थियो ।
कार्यक्रमलाई एस बि ए मोर्ट्गेज सोलुसन, राइट्स एन्ड एसोसिएट, एक्स्पर्ट एजुकेसन, औजी फाइनान्स एन्ड होम लोन्स, सकसेस एजुकेसन एन्ड भिजा सर्भिसेज, एस एन्ड एस, हिमालयन विजनेस ग्रुप, जेबी माइग्रेसन एन्ड भिजा सर्भिसेज, बुज एन्ड ब्यारेल्स, कोकुन एजुकेसन एन्ड माइग्रेसन, जि वान, पदार अटो, काठमाडौं अटोमोटिभ, गूड वे एजुकेसन एन्ड भिजा, गोल्डेन स्पून इभेन्ट सेन्टर, हिमालयन बुचर एन्ड ग्रोसर्स, सफारी ट्राभल एन्ड टुर्स, मानस्वी कलेक्सन, वान एजेन्सी गंगालिन, एजे कम्प्लिट सोलुसन, ट्रेडिसनल कर्भ्स, बेटर चोइस, हङ्री बुद्ध, द मुस्ताङ, चिम्नी, चोमोलुङ्मा, लेकसाइड गुर्खाज, डिसकाउन्ट ग्रोसरी, लुम्बिनी ग्रोसरी लगायतले प्रायोजन गरेका थिए ।
कार्यक्रममा साउण्ड पार्ट्नरको रुपमा केटीएम साउण्ड, मिडिया पार्ट्नरको रुपमा मेरो कपुरी क, सिएमएस एफएम, नेपलिज् इन क्यानवेरा अष्ट्रेलिया रहेका थिए भने फोटोग्राफी तथा भिडियोग्राफी पार्ट्नरको रुपमा फोटो कथा रहेको थियो ।