काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको घरमा पुगेका एक जोगीलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार राति भष्म गर्दिन्छु भन्दै ती जोगी मेयर शाहको घरमा गएका थिए ।
पक्राउ परेका ती जोगीलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ । जोगीको भेष धारण गरेका ती व्यक्तिले गएराति साढे ८ बजे मेयर शाहकै घरभित्रै पसेर भष्म गरिदिन्छु भनेका थिए । ती व्यक्तीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने समेत बताएका थिए ।
त्यसपछि केही घण्टा मेयर शाहको घरअगाडि भीड जम्मा भएको थियो । पक्राउ परेका व्यक्ति बारे केही खुलाइएको छैन ।