काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् प्रियंका कार्की । बौद्धिक नायिकाको समेत छबी बनाएकी प्रियंकाले विभिन्न शैलीका फिल्ममा अभिनय गरिसकेकी छिन् । प्रियंकाले हालसम्म ४७ फिल्ममा काम गरिसकेकी छिन् ।
बाल अवस्थादेखि नै चलचित्रमा अभिनय गर्दै आएकी उनी नायिकाको रुपमा सन् २०१२ मा देखिएकी थिइन् । त्यसपछि उनी लगातार फिल्ममा देखिन थालिन् । उनी आमा बनेपछि भने कुनै फिल्ममा देखिएकी छिन् ।
अहिले उनी आफ्नो शरिरलाई फिटमा ल्याउन कोसिस गरिसकेकी छिन् । र आफ्नो तौल पनि धेरै घटाएर हट देखिन थालेकी छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी उनले हालै आफ्ना केही तस्बिरहरु शेयर गरेकी छिन् । तस्बिरमा कालो ड्रेसमा उनी निकै हट देखिएकी छिन् ।