ककपिटमै पाइलट झगडा गर्न थालेपछि…-Sutra News

ककपिटमै पाइलट झगडा गर्न थालेपछि…

मंगलबार, १४ भाद्र २०७९

मंगलबार, १४ भाद्र २०७९

ककपिटमा झगडापछि  एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ । जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२०मा  क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान भएको थियो । होहल्लापछि उडान दलका अन्य सदस्यहरुले हस्तक्षेप गरेका थिए ।



विमान सुरक्षित ढंगल अवतरण नहुन्जे उडान दलका एक सदस्य ककपिटमा बसेका थिए । तर, उक्त दुर्घटनाले उडानलाई असर नगरेको उक्त एयरलाइनले जनाएको छ ।

उक्त घटनाबारे फ्रान्सको वायु अनुसन्धान निकायले अध्ययनपछि एक रिपोर्ट प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट