रेखा थापा मोरङबाट चुनाव लड्ने, लालबाबुसँग भीडन्त !-Sutra News

रेखा थापा मोरङबाट चुनाव लड्ने, लालबाबुसँग भीडन्त !

मंगलबार, १४ भाद्र २०७९

मंगलबार, १४ भाद्र २०७९

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते हुँदैछ । निर्वाचनको लागि सबै राजनीतिक दलहरु आआफ्नो तयारीमा लागिसकेका छन् । विभिन्न राजनीतिक दलका नेताहरुले आफूले चुनाव लड्ने स्थानमा उम्मेदवारी घोषणाको कार्यक्रम पनि गरिरहेका छन् ।



सत्ता गठबन्धन दलहरु पनि स्थानीय तहको चुनाव जस्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावमा पनि तालमेल गरेर अगाडी बढ्ने भएको छ । यता, नेकपा एमाले, राप्रपा, लोसपा लगायतका दलहरु पनि चुनावमा कसरी जाने भन्ने योजना बनाउँदैछन् ।

यसैबीच राप्रपाकी नेतृ तथा अभिनेत्री रेखा थापाले पनि मोरङबाट चुनाव लड्ने तयारी गरेकी छिन् । उनले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएकी हुन् । रेखा मंगलबार बिहानैदेखि गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय रहेकी छिन् ।

नेकपा एमालेको संगठन बलियो रहेको मोरङ क्षेत्र नम्बर ३ बाट रेखा चुनाव लड्न खोज्नुको कारण त्यहाँ उनको घरनै छ । रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । क्षेत्र नम्बर ६ मा पनि उनी उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । एमालेबाट क्षेत्र नम्बर ६ मा पूर्व मन्त्री लालबाबु पण्डित दाबेदार रहेको बताइएको छ । तालमेलको बिषयमा भने कुनै कुरा नउठेको बताइन्छ ।

गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिएकी थिइन् । तर, उनी कुन्ती शाहीसँग पराजित हुन पुगिन् ।

अब आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्यमा निर्वाचनमा उनी प्रत्यक्षबाट उठ्न लागेकी हुन् । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट