सेलिब्रिटीलाई पनि छाडेन डेंगुले, पुष्प खड्का संक्रमित-Sutra News

सेलिब्रिटीलाई पनि छाडेन डेंगुले, पुष्प खड्का संक्रमित

शुक्रबार, १७ भाद्र २०७९

शुक्रबार, १७ भाद्र २०७९

काठमाडौं – अहिले देशका विभिन्न स्थानमा डेंगु संक्रमण बढ्दै गएको छ । डेंगु संक्रमण भएका बिरामीहरु धमाधम अस्पताल भर्ना हुन थालेको समाचारहरु आएका छन् । घरभित्र र बाहिर पनि सरसफाइ नहुँदा धेरै मानिसहरु डेंगुबाट संक्रिमित भएका हुन् ।



डेंगुले सामान्य मानिस मात्र होइन सेलिब्रिटीलाई पनि छाडेको छैन । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता पुष्प खड्का पनि अहिले डेंगु संक्रमित भएका छन् । उच्च ज्वरो, टाउको र आँखा दुख्ने भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

फिल्म ‘कृष्णलीला’पछि केही म्युजिक भिडियोमा व्यस्त हुँदै गर्दा उनलाई यो समस्या देखिएको थियो । डेंगुबाट संक्रमित भइसकेर उनी अस्पतालको बसाईपछि घर पनि फर्किएका छन् । उनले आफू संक्रमित हुँदा जीउ पूरै गलेकोदेखि शरीरबाट बल हराएजस्तो भएको बताए । उच्च ज्वरो आएपछि दुई(दुईवटा पारासिटामोल खानुपरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट