कुमारी बैंकलाई ‘एक्सिलेन्स इन इ–कमर्स विजनेश २०२२’ को अवार्ड-Sutra News

कुमारी बैंकलाई ‘एक्सिलेन्स इन इ–कमर्स विजनेश २०२२’ को अवार्ड

शनिबार, १८ भाद्र २०७९

शनिबार, १८ भाद्र २०७९

कुमारी बैंक लिमिटेडले ‘एक्सिलेन्स इन इ–कमर्स विजनेश २०२२’ को अवार्ड पाएको छ । भिसा इन्टरनेशनलद्धारा बुधबार भएको ‘लिडर्स क्याक्लेभ पेमेन्ट इनोभेशन फर डिजिटल नेपालको सम्मेलनमा बैंक सम्मानित भएको हो ।



यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे छ ।

बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट