काठमाडौं – सिर्जनशील लघुवित्त वित्तीय संस्थामा प्राथमिक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासनमा ल्याएको हो ।
त्यसमध्ये पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरूलाई र १९ हजार ६९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने तीन लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी सात करोड रुपैयाँ रहेको छ ।लघुवित्तको आईपीओमा प्रतिसेयर एक सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता अर्थात् १० हजार रुपैयाँसम्मका लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एपमार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।