दक्षिण कोरियामा शक्तिशाली आँधी : हजारौँलाई सुरक्षित क्षेत्रमा सारियो, सडक र पसलमा ठूलो क्षति-Sutra News

दक्षिण कोरियामा शक्तिशाली आँधी : हजारौँलाई सुरक्षित क्षेत्रमा सारियो, सडक र पसलमा ठूलो क्षति

मंगलबार, २१ भाद्र २०७९

मंगलबार, २१ भाद्र २०७९

एजेन्सी – दक्षिण कोरियामा मंगलबार आएको आँधी हिन्नामनोरका कारण देशको दक्षिणी भागका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । उक्त क्षेत्रमा भारी वर्षा र हावाहुरी चल्ने अधिकारीहरूले बताएका छन् । सेन्ट्रल डिजास्टर एण्ड सेफ्टी काउन्टरमिजरको कार्यलयले पूर्वी तटीय सहर उल्सानमा वर्षाले बगेको खोलामा खसेर २५ वर्षीय एक व्यक्ति बेपत्ता भएको बताएको छ ।



हिन्नामनोर आँधी बन्दरगाह सहर बुसाननजिकै झर्नुअघि देशको दक्षिणी टापु जेजु प्रभावित गरेको थियो । आँधीका कारण त्यहाँका हजारौं मानिस बिजुलीविहीन बनेका छन् ।

आँधीपछिको भारी वर्षा र छालले समुद्र तटको सडक र पसलमा ठूलो क्षति पुगेको छ । उक्त आँधी ४३ मिटर प्रति सेकेण्डको वेगमा अघि बढेको अधिकारीहरुले बताएका छन् । उक्त आँधी कोरियाली प्रायद्वीपबाट स्थानीय समयअनुसार बिहान ७ बजेपछि दक्षिणपूर्वी शहर उल्सानको पानी हुँदै तटीय शहर जियोजेमा बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट