सिचुवानमा ६.८ म्याग्निच्युडको भूकम्प, ज्यान गुमाउनेको संख्या ६५ पुग्यो-Sutra News

सिचुवानमा ६.८ म्याग्निच्युडको भूकम्प, ज्यान गुमाउनेको संख्या ६५ पुग्यो

मंगलबार, २१ भाद्र २०७९

मंगलबार, २१ भाद्र २०७९

छन्दु – चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको तथा एक सय ७० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।



गाञ्जी तिब्बती स्वायत्त प्रिफेक्चरमा ३७ जना तथा याआन शहरको शिमियान काउन्टीमा २८ जनाको मृत्यु भएको छ । गाञ्जीमा १२ जना हराइरहेका, ५६ जना गम्भीर घाइते भएका छन् ।

स्थानीय समयअनुसार सोमबार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा पनि महसुस गरिएको थियो । राष्ट्रिय आपत्कालीन प्रतिकार्य तथा उद्धार कार्यालयबाट सहायताकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट