काठमाडौं उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकमाथि कारवाही-Sutra News

काठमाडौं उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकमाथि कारवाही

बुधबार, २२ भाद्र २०७९

बुधबार, २२ भाद्र २०७९
तस्वीर इन्टरनेटबाट

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकलाई कारवाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



कारवाहीमा पर्नेमा पादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३८, लेन अनुशासन पालना नगर्ने ३३१, रेड लाइटमा सवारी साधन चलाउने ७६, निषेधित क्षेत्रमा हर्न बजाउने २१६ र नम्वर प्लेट राम्रोसँग नराख्ने ४२ जना सवारी चालक रहेका छन् ।

यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २०८ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट