एसियाकै उत्कृष्ट निर्णायक बन्न सफल अशोक खड्का ‘सामाजिक मुद्दा’मा पनि सक्रिय-Sutra News

एसियाकै उत्कृष्ट निर्णायक बन्न सफल अशोक खड्का ‘सामाजिक मुद्दा’मा पनि सक्रिय

बुधबार, २२ भाद्र २०७९

बुधबार, २२ भाद्र २०७९

काठमाडौं – एसियाकै उत्कृष्ट निर्णायक बन्न सफल कागेश्वरी मनोहराका अशोक खड्का ‘सामाजिक मुद्दा’मा समेत सक्रिय छन् । अन्तर्राष्ट्रिय प्रशिक्षकको छवि बनाएका अशोक ‘आरामदायी जिन्दगी’ बिताउन नसक्थे । तर, सामाजिक क्रियाकलापमा बढी रुचि राख्छन्, उनी ।



अरूको दुःखमा सधैं सहयोगी हात बढाइरहेका हुन्छन् । कोभिड–१९ महामारीका समय मास्क र सेनिटाइजर बोकेर दौडिरहे । कसैलाई केही सहयोग चाहिने भयो भने सम्झने नाम हो, ‘अशोक गुरु’ । महाभूकम्पताका राहतका पोका बोकेर विभिन्न जिल्लासमेत पुगे । उनको नाम कागेश्वर क्षेत्रमा ‘ब्रान्ड’ नै बनेको छ ।

तेक्वान्दो प्रशिक्षणकै क्रममा घाइते भएर १४ पटकसम्म खुट्टाको शल्यक्रिया गरेका उनको सक्रियता लोभलाग्दो छ । आफ्ना लागि मात्र होइन, समाज र समुदायका लागि जिउन मन पराउँछन्, उनी १० वर्षको उमेरमै ब्ल्याक बेल्ट प्राप्त उनी १२ वर्षको उमेरदेखि प्रशिक्षणमा लागे । अहिलेसम्म ५ हजारभन्दा बढीलाई त तेक्वान्दो प्रशिक्षण नै दिइसके । जसमध्ये ४ सय ७५ जनाले ब्ल्याक बेल्ट लिएका छन् भने ९ सय जना सक्रिय खेलाडी छन् ।

नेप्लिज तेक्वान्दो एकेडेमी स्थापना गरेर खेलकुद विकासमा योगदान पु-याइरहेका अशोक खेलकुदमै सीमित भने छैनन् । समाजका सबै आयाममा उनलाई भेट्न सकिन्छ । ‘सबै क्षेत्रको सन्तुलन नभई खेल क्षेत्र विकास र विस्तार हुन सक्दैन’ भन्ने मान्यता पाल्छन्, उनी ।

‘त्यसैले हामीले चुनावलाई हल्का रूपमा लिनुहु“दैन, चुनावले जनतालाई योग्य, क्षमता र प्रतिभा भएका व्यक्ति छान्ने अवसर दिएको छ,’ अशोक भन्छन्, ‘अब देश बचाउन खेलाडी पनि सचेत हुनैपर्छ ।’तेक्वान्दो प्रशिक्षणकै क्रममा घाइते भएर १४ पटकसम्म खुट्टाको शल्यक्रिया गरेका उनको सक्रियता लोभलाग्दो छ । आफ्ना लागि मात्र होइन, समाज र समुदायका लागि जिउन मन पराउ“छन्, अशोक ।

‘अप्ठयारो परिस्थितिमा सहयोगी हातको महत्व बुझेको छु, त्यसैले म उहाँहरूका लागि उपलब्ध छु,’ उनी भन्छन्, ‘१०औं दक्षिण एसियाली खेलुकद (साग)का लागि छनोट भएपछि खुट्टा भाँचियो । १४ पटक शल्यक्रिया गर्नुप-यो । २३ वर्षको थिए“ । १३ महिना त अस्पतालको बेडमा सुते । आर्थिक अभावले उपचार पनि रोकियो । सोचेको थिए“, अब जीवन सकियो । तर, जीवनले नयाँ मोड लिन खोजेको रहेछ ।’
कतिपटक त ‘मानसिक’ रूपमा विचलित पनि भए । तर, आत्मविश्वास बलियो बनाए, ‘अब म अरूका लागि पनि बाँच्छु ।’ त्यसपछि उनको यात्रा रोकिएको छैन । ‘समाजमा केही न केही नगरी कसरी मर्नु ?’ उनको निष्कर्ष छ ।

तेक्वान्दोको गेरोगी विधामा छैटौं राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका अशोकले नयाँ जीवन पाएपछि पुम्सेतर्फ ‘अस्ट्रेलियन गोल्ड कोस्ट ओपन’, थाइल्यान्डमा भएको ‘तेस्रो हिरोज च्याम्पियनसिप’, कोरियामा सम्पन्न ‘आठौं विश्व एक्सपो’मा स्वर्ण जिते ।

मानिस कतिपटक लड्योभन्दा पनि ‘लडेर कसरी उठ्यो ?’ भन्नेले वास्तविक अर्थ राख्दो रहेछ । उनको सवालमा पनि यही साबित हुन पुग्यो । ‘अशोक अब खेल्न सक्दैनन्’ सोच्नेका लागिसमेत अचम्मित बनाउँदै अझ ऊर्जावान् बनेर उनको सफल पुनरागमन भयो ।

आज अशोक काठमाडौं जिल्लाको तेक्वान्दो संघ नेतृत्वमा छन् । उनको एकेडेमी अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल छ । गेरोगी, पुम्से र पाराको कोर्स गर्ने उनी नेपालकै सम्भवत एक्ला हुन् । अन्तर्राष्ट्रिय रेफ्रीका रूपमा समेत सक्रिय अशोक ‘वल्र्ड -याकिङ प्रतियोगिता’ बेल्जियम ओपम, ‘स्विडिस ओपन’, ‘अस्ट्रेलियन ओपन’, बुल्गेरीमा विश्व तेक्वान्दोल च्याम्पियनसिलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक र उत्कृष्ट भूमिकामा रहे ।

युवा तथा खेलकुद मन्त्रालयले १ लाख पुरस्कारसहित ‘उत्कृष्ट रेफ्री’का रूपमा उनी सम्मानसमेत छन् । तर, उनको ‘प्यास’ अझै मेटिएको छैन । समाज र समुदाय रूपान्तरणमा योगदान उत्कट चाहना अझै बाँकी छ ।

मिलनसार स्वभावले खेलाडीमाझ मात्र होइन, समुदायमा समेत ‘अशोक गुरु’ छवि बनाएका छन्, उनले । ‘जीवन सार्थक बनाउनु छ । म खेलकुदमार्फत वा अन्य क्षेत्रबाट पनि समुदायका लागि सकारात्मक प्रभाव पार्ने काम गर्छु भन्ने लाग्छ,’ उनी भन्छन् ।

जीवन भित्रैबाट बुझाउने र समाजप्रति उत्तरदायी बनाउने कला तेक्वान्दोबाटै सिकेको अशोक सुनाउ“छन् । ‘तेक्वान्दोभित्र लुकेको मार्गदर्शनबाटै आफूलाई अझ मूल्यवान जीवन जिउन सक्षम बनाउन सकिन्छ,’ उनको तर्क छ, ‘समाजमा केही गर्नुपर्छ भन्ने भावना पनि तेक्वान्दोलाई गहिरोसँग बुझ्दै जाँदा नै बुझें ।’

उनका अनुसार तेक्वान्दोलमा दिमाग शान्त बनाउनुपर्छ र चालहरूसँग दिमागलाई ‘सिंक्रोनाइज’ गर्नुपर्छ । ‘यसैगरी तपाईं र हाम्रो जीवनबीच पनि यस्तै सामञ्जस्य मिलाउनुपर्छ भन्ने पाठ सिकेको छु,’ उनी भन्छन् ।

नेपालमा अझै ‘मार्सलआर्टलाई लडाइ“ झगडाको खेल’का रूपमा हेरिन्छ । तर, उनको तर्क भने फरक छ । ‘स्थायी शान्ति र सुरक्षा प्राप्तिका लागि एकता चाहिन्छ, तेक्वान्दोको उद्देश्य पनि एकता नै हो,’ उनी भन्छन्, ‘उसो त कोरियन भाषामा तेक्वान्दोको अर्थ मुठ्ठी नियन्त्रणमा राख्नु हो । तेक्वान्दोमार्फत मात्र होइन, यसबाट सिकेका सिद्धान्तमार्फत समाज रूपान्तरण गरी दिगो विकासमा जीवन अझ सक्रिय बनाउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट