काठमाडौ – नेपाल क्रिकेट संघ (क्यान)ले आकस्मिक बैठक बोलाएको छ। नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेसँगै क्यानले आज आकस्मिक बैठक बोलाएको हो। एक १७ वर्षीया किशोरीले मंगलबार साझँ लामिछानेविरुद्ध बलात्कार गरेको आरोप लगाउँदै प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।
अहिले यस घटनालाई लिएर जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको छ।