एक्कासी स्वास्थ्यमा यस्तो समस्या देखियो जस्टिन बिबरलाई, गरे विश्व यात्रा रोक्ने घोषणा-Sutra News

एक्कासी स्वास्थ्यमा यस्तो समस्या देखियो जस्टिन बिबरलाई, गरे विश्व यात्रा रोक्ने घोषणा

बुधबार, २२ भाद्र २०७९

बुधबार, २२ भाद्र २०७९

लसएञ्जल्स – अमेरिकी गायक जस्टिन बीबरले स्वास्थ्यको कारण देखाउँदै आफ्नो विश्व यात्रालाई रोक्ने घोषणा गरेका छन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत यो घोषणा गरेका हुन् ।



‘यो वर्षको सुरुवातमा मैले रामसे हन्ट सिन्ड्रोमका साथ आफ्नो लडाइँलाई सार्वजनिक गरेको थिएँ । यो बिरामीका कारण मेरो आधा अनुहार प्यारालाइस भयो । जसकारण मैले नर्थ अमेरिकामा कन्सर्ट गर्न सकिनँ । यद्यपि केही समयपछि म ठीक भएँ र मैले आफ्नो डाक्टर, परिवार र टीमसँग कन्सल्ट गरेर आफ्नो यात्रालाई पूरा गर्न युरोप पुगें’, उनले लेखेका छन् ।

उनी अगाडि लेख्छन्, ‘मैले त्यहाँ ६ लाइभ शो गरे । जसकारण मेरो स्वास्थ्यमा असर पर्यो । ब्राजिलका मानिसहरूलाई मनोरञ्जन दिन कुनै कमी बाँकी राखिनँ । तर अफस्टेजमा गएपछि मलाई निकै बढी थकान महसुस भयो । यहीकारण मैले पहिलो प्राथमिकता स्वास्थ्यलाई राखें । त्यहीकारण यो विश्व यात्राबाट तत्कालका लागि ब्रेक लिँदैछु । मलाई अहिले आरामको खाँचो छ ।’

जस्टिनले मार्च २०२३ सम्म दक्षिण अमेरिका, दक्षिण अफ्रिका, मध्यपूर्व, एसिया, युरोप, अष्ट्रेलिया र न्युजिल्यान्डमा प्रस्तुती दिने तयारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट