बारमा आगलागी हुँदा १२ जनाको मृत्यु, कोही झ्यालबाट हाम फालेर ज्यान जोगाए-Sutra News

बारमा आगलागी हुँदा १२ जनाको मृत्यु, कोही झ्यालबाट हाम फालेर ज्यान जोगाए

बुधबार, २२ भाद्र २०७९

बुधबार, २२ भाद्र २०७९

एजेन्सी – दक्षिणी भियतनामको कराओके बारमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मंगलबार राति भवनको दोस्रो र तेस्रो तल्लामा आगलागी हुँदा ग्राहक र कर्मचारीका सदस्यहरू बाक्लो धुवाँले भरिएको सिँढीमा फसेको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।



आगोबाट बच्न बालकनीमा भीड बढेको थियो । कोही भने भवनको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । भवनमा लागेको आगलागीपछि फैलिएको धँुवाको मुस्लोले वरपरको वातावरणमा असर गरेको थियो ।आगलागीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट