काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका छन् । नेपाल क्रिकेट संघ ९क्यान० को सम्पर्कमा आएका लामिछानेले आफू निर्दोष रहेको बताए । क्यारेबियन लिग खेल्न हाल सेन्ट लुइसमा रहेका उनले क्यानसँग आफू निर्दोष रहेको दाबी गर्दै सहयोग गर्न आग्रह गरे ।
मंगलबार साझँ प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध एक १७ वर्षीया किशोरीले उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले पीडित बालिकाको मंगलबार नै मेडिकल परीक्षण समेत गराएको थियो ।
जाहेरीमा पीडित बालिकाले सामाजिक सञ्जाल स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गरेको र पछि प्रलोभन देखाइ भेट्न बोलाएर जबरजस्ती गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । गएको ५ गते नगरकोट घुमाउन लगेको र फर्किने क्रममा काठमाडौंको एक होटलमा बसौं भनेर जबर्जस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।