परिवारसँग समुद्रमा घुम्न गएकी महिलाको सार्कले लियो ज्यान-Sutra News

परिवारसँग समुद्रमा घुम्न गएकी महिलाको सार्कले लियो ज्यान

बिहिबार, २३ भाद्र २०७९

बिहिबार, २३ भाद्र २०७९

एजेन्सी – बहामासमा आफ्नो परिवारसँग समुद्रमा घुम्न गएकी एक अमेरिकी महिलाको सार्ककको आक्रमणमा मृत्यु भएको छ । अमेरिकी राज्य पेन्सिल्भेनियाकी ५८ वर्षीया महिलालाई बहामियाको राजधानी नासाउ नजिकै रहेको ग्रीन केको पानीमा मंगलबार दिउँसो सार्कले आक्रमण गरेको बहामियन प्रहरीले जनाएको छ ।



‘टुर अपरेटरहरू र परिवारका सदस्यहरूले महिलालाई बचाउने प्रयास गरे’ प्रहरीले एक विज्ञप्तिमा भनेको ‘यद्यपि, तिनीहरू असफल भए जसको कारण महिलाको शरीरको देब्रे भागमा गम्भीर चोट लागेको थियो’, प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई समुद्रबाट बाहिर ल्याउदा उनी मृत भइसकेको प्रहरीले जनाएको छ । सार्कले महिलामाथि गरेको आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट