नेपाल आर्मी, नेपाल प्रहरी केन्द्रीय कार्यालय र ५ वटा क्याम्पसलाई १० दिनभित्र बहाल कर बुझाउन काठमाडौं महानगरको अनुरोध-Sutra News

नेपाल आर्मी, नेपाल प्रहरी केन्द्रीय कार्यालय र ५ वटा क्याम्पसलाई १० दिनभित्र बहाल कर बुझाउन काठमाडौं महानगरको अनुरोध

बिहिबार, २३ भाद्र २०७९

बिहिबार, २३ भाद्र २०७९
balen

काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय सम्पत्ति कर उठान सक्रिय देखिएको छ। खाद्य संस्थान, राष्ट्रिय नाचघर, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण लगायतका विभिन्न संघसस्थालाई कर बुझाउन पत्रचार गरिरहेको छ ।



यसैबीच महानगरले नेपाल आर्मी केन्द्रिय कार्यालय थापाथली, समाज कल्याण परिषद् लैनचौर काठमाडौं, नेपाल प्रहरी केन्द्रीय कार्यालय नक्साल र ५ वटा क्याम्पस, अस्पताललाई बहाल कर बुझाउन अनुरोध गरेको छ ।

जारी सूचनामा सम्बन्धित वडामा बहाल कर बुझाउन पटक पटक ताकेता हुँदै आएपनि नबुझाएकोले १० दिनभित्र गई बुझाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट