‘स्टडी इन एर्बोड’भन्ने मूल नाराका साथ आगामी सोमबार राजधानीमा प्रथम एर्बोड शैक्षिक मेला आयोजना हुने भएको छ ।
नोभ एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले यहि भाद्र २७ गते सोमबार बिहान १० बजे देखि ५ बजेसम्म काठमाडौंको पुतलीसडकमा, शंकरदेव क्याम्पस चोकको ट्रिनिटी हाउसमा मेला संचालन गर्नेछ । नोभाले आफ्नै कार्यालय रहेको भवन परिसरमा मेला संचालन गर्न लागेको जनाएको छ ।
शैक्षिक मेलामा अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानाडा, न्यूजील्याण्ड र यूकेमा बिभिन्न बिषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि बिभिन्न कलेज र युनिभर्सिटीकासाथै शैक्षिक ऋण र बीमा सेवा गरि १० ओटा संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ ।
शैक्षिक मेला यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए ।
मेलामा छात्रवृत्ति, पिएसडब्लु (अध्ययन पछि काम) र अष्ट्रेलिया साथै अरु बिभिन्न देशका नयाँ नियमका बारेमा पनि जानकारी दिइनेछ । सहभागीहरू मध्ये भाग्यसाली सय जना विद्यार्थीलाई निःशुल्क IELTS वा PTE कक्षाहरू उपलब्ध गराइनेछ र एक भाग्यशाली विजेतालाई निःशुल्क हवाई भाडा दिइनेछ।
यो मेलामा विद्यार्थीले आफुले अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानाडा, न्यूजील्याण्ड र यूके जान आवश्यक शैक्षिक परामर्श निःशुल्क लिन पाउने र थुप्रै उपहारहरुका साथै छत्रवृत्तिको पनि ब्याबस्था भएको आयोजकले जानकारी दिएको छ ।